परिचय

   आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट बागमती प्रदेश सरकार अन्तर्गत संचालित आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने जिल्ला स्तरीय अस्पताल हो । यो २५ शैयाको अन्तंग सेवा सहित संचालन रहेको छ । नुवाकोट जिल्लामा आयुर्वेद तथा बैकल्पिक चिकित्साका स्वास्थ्य सेवाहरु प्रवाह गर्ने, समुदाय स्तरमा जनस्वास्थ्य मुलक कार्यक्रमहरु मार्फत सर्वसाधारणमा स्वास्थ्य सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतिको उच्चतम उपयोगमा प्रोत्साहित गरी यी बिधाको बिकास र विस्तारमा टेवा पुर्याउनुका साथै यस जिल्लामा संचालनरत आयुर्वेद तथा बैकल्पिक चिकित्साका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरु एवं गतिविधिहरुको नियमन गर्नु यस कार्यालयको प्रमुख कार्यहरु हुन् । यो कार्यालय बिदुर नगरपालिका वडा नं ५, तल्लो पिपलटारमा अवस्थित छ । यस कार्यालयमा स्वास्थ्य सेवा प्रवाह तर्फ हालका लागि बिशेषज्ञ तथा अनुभवी चिकित्सकहरुबाट बिरामी परीक्षण, पञ्चकर्म/पुर्वकर्म थेरापी सेवा, अकुपञ्चर सेवाप्याथोलोजी ल्याव सेवा, सशुल्क फार्मेसी सेवा तथा नेपाल सरकारबाट तोकिएका २३ थरी आयुर्वेद औषधिहरु निःशुल्क बितरण सेवाहरु उपलब्ध छन् । यिनका साथै ज्येष्ठनागरिकको स्वास्थ्य प्रवर्धनका लागि र छ महिना भित्रका सुत्केरी आमाहरुलाई लक्षित गरी दुग्धवर्धक औषधि बितरण गर्ने बिशेष सेवाहरु पनि निःशुल्क संचालनरत छन् । यस कार्यालयमा हाल एक बिशेषज्ञ चिकित्सक सहित पाँच जना  चिकित्सकहरु तथा अन्य बिषयगत प्राविधिक कर्मचारी गरी जम्मा १७ जना कर्मचारीहरु कार्यरत छन्।

© 2025 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , बिदुर न. पा.-०५, तल्लो पिपलटार, नुवाकोट, नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.